सिलगढीमा चरससहित युवक पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सिलगढीको तीनबत्ती मोड इलाकामा अभियान चलाएर चरससहित दिलीप सिंह नामक युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार सोमबार राति तीनबत्ती मोड इलाकामा उत्तर दिनाजपुरको गोयालपोखरबाट एकजना युवकले लगभग डेढ केजी चरस बिक्री गर्ने उद्देश्यले ल्याइरहेको एनजेपी थाना पुलिसले गोप्य सूचना पाएपछि तत्कालै अभियान चलाएर तीनबत्ती मोडबाट चरससहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको चरसको अनुमानिक बजार मूल्य लगभग 2 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *