सिलगढीमा छठ पुजा अवधि पोखरीमा डुबेर एकजना व्यक्तिको मृत्यु

सिलगढी : एनजेपीको अम्बिकानगर इलाकामा आज बिहान छठ पुजा अवधि नरिवल लिन जाँदा पोखरीमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति हरिपुर इलाका निवासी रञ्जन मण्डलको रूपमा चिन्हित गरिएको छ। रञ्जन मण्डल आज बिहान मधुसुदन कोलनीको छठ घाटमा पुजा घुम्न आएका थिए। पुजा समाप्त भएपछि धेरैजनाले पोखरीमा नरिवल फ्याँकेका थिए भने उक्त नरिवल लिन जाँदा तिनी पोखरीमा डुबे। घटनाको केही समयपछि स्थानीय मानिसहरूले मृत अवस्थामा तिनको देह उद्धार गरेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *