सिलगढीमा चिटफन्ड सफर्स एन्ड एजेन्ट युनिटी फोरम-को कार्यशाला

सिलगढी : चिटफन्ड सफर्स एन्ड एजेन्ट युनिटी फोरमको उत्तरबङ्गाल शाखाको कार्यशाला आज सिलगढीको मित्र सम्मेलनी हलमा सम्पन्न भयो। उक्त कार्यशालामा विशेष वक्ताको रूपमा विशिष्ट अधिवक्ता तथा कलकत्ताको पूर्व मेयर विकास रञ्जन भट्टाचार्य उपस्थित थिए। यस अवसरमा दार्जिलिङ पहाड समतल क्षेत्रबाट पनि धेरै संख्या चिटफन्ड पीडित मानिसहरू उपस्थित थिए। चिटफन्डमा गुमाएको रुपियाँ पुनः फर्काइ ल्याउनको लागि फोरमको तर्फबाट कानुनी रूपमा लडाइ लड्ने अधिवक्ता विकास रञ्जन भट्टाचार्यले बताए। यसको साथै तिनले सबै भुक्तभोगी पीडितहरूलाई एक हुने आहवान पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *