सिलगढीमा छिनताई गर्ने युवक पक्राउ

सिलगढी : भक्ति नगर थानाको आशीघर आउटपोस्ट पुलिस र डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले संयुक्त अभियान चलाएर छिनताईको मामिलामा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक फाटापुकुर निवासी दुर्योधन ग्वालाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मिनती दास नाम गरेकी एउटी महिला शुक्रबार ब्याङ्कबाट रुपियाँ लिएर टोटोमा सवार भएर 34 नम्बर वार्ड इस्टर्न बाइपासको बुड़ाबुड़ी मन्दिर नजिक ओर्लिएपछि पैदल हिँडेर आफ्नो घरतर्फ गइरहेकी समय बाइकमा सवार दुईजना युवकले तिनको ब्याग थुतेर चम्पट कसेको बताइएको छ। घटनापछि महिलाले थानामा अभियोग दर्ता गरेपछि आशीघर आउटपोस्ट पुलिस र डीडी-ले गोप्य सूचनाको आधारमा संयुक्त अभियान चलाएर तीमध्ये एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *