सिलगढीमा छिनताईको घटनामा 2 जना पक्राउ, 14 हजार रुपियाँ उद्धार

सिलगढी : सिलगढीमा छिनताईको घटनामा पुलिसले 2 जना युवकलाई पक्राउ गर्नको साथै छिनताई गरेको 29 हजार रुपियाँमध्ये 14 हजार रुपियाँ उद्धार गरेको छ। पक्रा परेका युवकहरू क्रमैले असित पाल उर्फ मना र बिजु सरकार सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति केही दुष्कृतिहरूले सिलगढी नगरनिगमको 44 नम्बर वार्डको दशरतपल्ली इलाका निवासी देबेश कर्नालबाट 29 हजार रुपियाँ छिनताई गरेर चम्पट कसेका थिए। यसपछि देबेशले घटनाबारे भक्तिनगर थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले केही घण्टाको अवधिमै 2 जना युवकलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले तिनीहरूबाट 14 रुपियाँबाट पनि उद्धार गरेको छ भने छिनताई गरेको बाँकी रुपियाँ उद्धार गर्ने प्रयास गरेको बताइएको छ पक्रा परेका 2 जना युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *