सिलगढीमा चोरी गरेको समानसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको समानसहित 1 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारीअनुसार केही दिनअघि सिलगढीको अशोकनगर इलाकाको एउटा घरमा चोरी भएको थियो। यसपछि घर मालिकले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा जाँच शुरू गरेर हिजो राति मोहम्मद जाहिद नाम गरेका एकजना युवकलाई पक्राउ गर्यो। आरोपी युवकबाट पुलिसले चोरी गरेको सर-समान पनि उद्धार गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *