सिलगढीमा चोरी गरेको बाइक सहित युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले लगभग 4 महीनापछि चोरी गरेको बाइक सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक उमेश कुमार यादवको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत फरवरी महीनामा दक्षिण पलास इलाकाबाट एकजना व्यक्तिको बाइक चोरी भएपछि तिनले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गोप्य सूचनाको आधारमा दक्षिण पलास इलाकामा अभियान चलाएर चोरी भएको लगभग 4 महिनापछि बाइक सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *