सिलगढीमा चोरी गरेको समान सहित 2 जना पक्राउ

सिलगढी (निसं): भक्ति नगर थाना पुलिसले चोरीको अभियोग दर्ता गरेको 24 घण्टाको अवधिमै 2 जना बदमाशलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा पृथ्वी सोनार र बाप्पी बर्मन सामेल छन्। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना अन्तर्गत भवसिन्धु कोलनी इलाकामा 5 जनवरीको दिन चोरीको घटना घटेको थियो। गत बुधबार घटनाबारे भक्ति नगर थानामा लिखित अभोयग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका भक्ति नगर थाना पुलिसले 24 घण्टाको अवधिमै पृथ्वी सोनारलाई पक्राउ गर्यो। पक्रा परेका आरोपीसित सोधखोज गरेपछि गत राति भक्ति नगर थाना पुलिसले नक्सलबारीबाट चोरी गरेको समान किन्ने बाप्पी बर्मनलाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *