सिलगढीमा चोरी गरेको सामग्रीसहित 1 जना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले चोरी गरेको सामग्री सहित निताई राजवंशी नाम गरेको युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार गत 20 नोभेम्बरमा शास्त्री नगरको एउटा घरमा मन्दिरको पुजाको सामग्री चोरी भएको थियो। यसपछि घर मालिकले भक्तिनगर थानामा यसबारे एउटा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी गरेको सामग्रीसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *