सिलगढीमा चोरी गरेको बाइकसहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरीको बाइकसहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरू क्रमैले रतन राय, राहुल राय र शुभङ्कर सरकारको रूपमा सामेल छन्। तिनीहरूमध्ये रतन राय दिनहाटाको भैटागुड़ी निवासी, राहुल राय सिलगढीको ठाकुरबाड़ी निवासी र शुभङ्कर सरकार भरतनगर निवासी हुन्। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले तीनजना युवकले कुचबिहारबाट नम्बर प्लेट विहीन चोरी गरेको बाइक बेच्नको लागि सिलगढी ल्याइरहेको गोप्य सुइँको पाएपछि पुलिसले भवेश मोड़ संलग्न इलाकामा अभियान चलाएर चोरी गरेको बाइकसहित तीनजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका तीनजना युवकलाई आज जलपाईगढी अदालतमा पेश गरेर जाँचको लागि पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *