सिलगढीमा चोरीको सामान सहित दुई जना पक्राउ

सिलगढी, 26 दिसम्बर (निसं): एनजेपी थाना पुलिसले चोरीको सामानसहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम सञ्जय राय उर्फ लादेन र रिजु विश्वास रहेको छ। यी दुवै जना शान्तिपाडा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 5 अक्टोबरमा भावेश मोड संलग्न एउटा गहनाको दोकानमा चोरी भएको थियो। घटनापछि एनजेपी थानामा एउटा लिखित उजुरी दर्ता गरिएको थियो। डेढ महिना लामो पर्खाइ पछि अन्ततः बुधबार राति पुलिसलाई सफलता प्राप्त भएको छ। पुलिसले दोकानबाट चोरी गरिएको सामानसहित शान्तिपाडाबाट दुई जनालाई पक्राउ गरेको छ। सञ्जय राय उर्फ लादेनको नाम बारम्बार असामाजिक क्रियाकलापमा देखा परेको छ। आपराधिक क्रियाकलापका कारण उनलाई अघि पनि धेरै पल्ट पक्राउ गरिएको थियो। त्यसपछि लादेन र उसका साथी रिजु विश्वासलाई एनजेपी थाना पुलिसले सादा पोशाकमा गत राति चोरी गरेको आरोपमा पक्राउ गरेका छन्। आज दुवै जनालाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *