सिलगढीमा चोरीको आरोपमा 3 जना पक्राउ

सिलगढी (निसं)चोरीको आरोपमा प्रधान नगर थाना पुलिसले 3 जना बदमाशलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 3 दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेकाहरूमा बाबु सोना सरकार, सञ्जय महाली र उमेश छेत्री सामेल छन्। तीमध्ये  बाबु सोना पोकाइजोत, सञ्जय महाली देवीडाङ्गा र उमेश छेत्री खरसाङ निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 27 नोभेम्बरमा प्रधान नगर थाना अन्तर्गत देवीडाङ्गाको बाबुबासा इलाकास्थित एउटा खाली घरमा चोरीको घटना घटेको थियो। उक्त घरका मालिकले भोलिपल्ट घरमा चोरी भएकोबारे थाहा पाएपछि प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले नर्मदा बगान इलाकाबाट 3 जनालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *