सिलगढीमा चोरीको गाड़ी बेच्ने अनि किन्ने गरेको आरोपमा युवक पक्राउ

सिलगढी (निसं): एनजेपी थाना पुलिसले चोरी गरेको गाड़ी किनेर बेचेको आरोपमा साबलू रायलाई पक्राउ गरेको छ। पुलिसले उक्त घटनामा 2 वटा स्कूटी र एउटा बाइक पनि उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार एउटा समूहले कम्पनीबाट केही नगद अनि किस्तामा गाड़ी किनेपछि केही दिनमा नै अरूलाई बिक्री गरेपछि चोरीको मामिला दर्ता गरेर बीमा कम्पनीबाट नोक्सान वसुल गरिरहेको थियो। यसपल्ट पनि एकजना व्यक्तिले पुलिसलाई आफ्नो गाड़ी चोरी भएको अभियोग दर्ता गराए। यसपछि पुलिसलाई उक्त व्यक्तिको कुरामा आशंका लागेपछि सोधखोज गर्दा वास्तविक जानकारी आघि आयो। घटनामा उक्त गिरोहका साबलू रायको नाम अघि एनजेपी थाना पुलिसले बेलाकोबाबाट तिनलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीबाट 2 वटा स्कूटी र एउटा बाइक पुलिसले उद्धार गरेको छ। आरोपीलाई आज बुधवार जलपाइगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *