सिलगढीमा चोरीको मामिलामा संलग्न अन्य एकजना पक्राउ

सिलगढी : पुलिसले चोरीको मामिलामा अन्य एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति माथाभाङ्गा निवासी सन्तोष बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 18 जुलाईको दिन माइकल मधुसूदन कोलनी निवासी विप्लव चक्रवर्तीको घरमा चोरी भएको थियो। यसपछि विप्लव चक्रवर्तीले घटनाबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा एनजेपी थानाका पुलिसले सादा पोशाकमा अभियान चलाएर दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी गरेको समानहरू पनि उद्धार गरेको थियो। यसपछि पुलिस ती दुई आरोपीसित सोधखोज गर्दा यस घटनामा संलग्न रहेका अन्य एकजना व्यक्तिबारे थाहा पाएपछि पुलिसले हिजो सन्तोष बर्मनलाई पक्राउ गरेको बताइएको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारीअनुसार धेरै समय अघिदेखि आरोपी डाबग्राम-फुलबारी इलाकालगायत विभिन्न इलाकामा भएको चोरीको मामिलामा संलग्न रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *