सिलगढीमा चोरीको मामिलामा 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको समान सहित 3 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकहरूको नाम रनी मजुमदार, अङ्कुर दास र निखिल साहा बताइएको छ। तिनीहरू सबैजना मतिगढा इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार फुलबारी 1 नम्बर अञ्चलको पोडाझाड इलाकाको एउटा घरबाट ग्रिल सहित फलामको अन्य सामग्री चोरी भएपछि घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले कावाखालीबाट 3 जना युवकलाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *