सिलगढीमा चोरीको समान सहित कुख्यात चोर पक्राउ

सिलगढी (निसं): सिलगढी थाना पुलिसले सादा पोशाकमा कलेजपाड़ा अनि मिलनपल्ली इलाकामा एकपछि अर्को चोरीको घटनालाई अञ्जाम दिने शातिर चोरलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम अजय बर्मन (19) हो। प्राप्त जानकारी अनुसार गत केही दिन अघिदेखि कलेजपाड़ा अनि मिलनपल्ली इलाकामा लगातार चोरीको घटना घटिरहेको थियो। यस मामिलामा गत 30 अप्रेलको दिन सिलगढी थानामा एउटा लिखित अभियोग दर्ता गरिएको थियो। उक्त अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले गोप्य सुइँको पाएर खबरको आधारमा गत राति डाबग्राम इलाकाबाट अजय बर्मनलाई पक्राउ गरेको छ।
पुलिस सूत्र अनुसार अजय बर्मनले कलेज पाड़ा अनि मिलनपल्ली इलाकाको केही अपार्टमेन्टबाट फलामका सर-सामानहरू चोरी गरेका थिए। हिज तिनी चोरी गरेको समान बिक्री गर्नका लागि डाबग्राम इलाकामा घुमिरहेका थिए। यसको भनक लाग्न साथ पुलिसले अभियान चलाएर तिनलाई समान सहित पक्राउ गरे। पुलिसले आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *