सिलगढीमा कमिश्नर्स कप फुटबल टुर्नामेन्ट

सिलगढी : सिलगढी पुलिस कमिश्नरेट तथा एनजेपी थानाको पहलमा आज कमिश्नर्स कप फुटबल टुर्नामेन्ट 2021-को आयोजना गरियो। सिलगढीको शक्ति उज्ज्वल संघ मैदानमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरियो। उक्त फुटबल प्रतियोगितामा 20 वटा टोलीले अंश ग्रहण गरेका छन्। यस अवसरमा पूर्व फुटबल खेलाडी चन्दन राय लगायत एनजेपी पुलिसका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *