सिलगढीमा कोरोना संक्रमित एकजनाको मृत्यु

सिलगढी : सिलगढीमा कोरोना संक्रमित एकजना व्यक्तिको आज मृत्यु भएको छ। मृतक व्यक्ति सिलगढीको बाघाजतीन कोलनी इलाका निवासी रहेको बताइएको छ। तिनी सिलगढीस्थित दिसान अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ नै तिनको आज मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार मतिगढास्थित कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको समयमा नै तिनको मृत्यु भयो। जिल्ला स्वास्थ्य विभागीय अधिकारी मलय आचार्यले बताएअनुसार आज एकजना रोगीको दिसान अस्पतालमा मृत्यु भएको छ। तिनी कोरोना संक्रमित भएर नै मृत्यु भएको हो अथवा होइन भन्ने कुरो हालसम्म स्पष्ट भएको छैन। तथापि, मृतकको शव सरकारी नियमअनुसार नै दफन गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *