सिलगढीमा कोरोना भ्याक्सिनको ड्राई रन शुरू

सिलगढी : कोलकातापछि अब दार्जिलिङ जिल्लामा पनि कोरोना भ्याक्सिनको ड्राई रन प्रक्रिया शुरू भएको छ। प्राप्त जानकारीअनुसार सिलगढी जिल्ला अस्पताल, नक्सलबारी ग्रामीण अस्पताल लगायत दार्जिलिङ जिल्ला अस्पतालमा कोरोना भ्याक्सिनको ड्राई रन प्रक्रिया शुरू भएको छ। सिलगढी जिल्ला अस्पतालमा प्रथमपल्ट चिकित्सक, नर्स र स्वास्थ्य कर्मीहरूको पहिलो चरणमा ड्राई रन शुरू गरियो। जस अन्तर्गत मोठ 25 जनालाई भ्याक्सिन लगाइयो। उप मुख्य स्वास्थ्य अधिकारी डा. संयुक्ता लियुले बताएअनुसार हाल साधारण मानिसहरूलाई एन्टिडोट लगाइने छैन। पहिलो चरणमा एन्टिडोट आएपछि यसलाई नियमअनुसार लागू गरिनेछ। दार्जिलिङ जिल्लाको तीनवटा अस्पतालमा हाल यसको अभ्यास चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *