सिलगढीमा कफसिरपसहित 3 जना पक्राउ

सिलगढी : खालपाडा आउट पोस्ट पुलिसले 55 बोतल कफसिरपसहित 3 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू सिलगढी निवासी मोहम्मद छोटु उफ् लेङ्ड़ा, मोहम्मद गुलाम मुस्ताफा र मोहम्मद सोराजको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत राति सिलगढीको झन्कार मोड संलग्न इलाकाबाट पुलिसले उक्त 3 जना युवकलाई 55 बोतल कफसिरपसहित पक्राउ गरेको छ। पक्रा परेका 3 युवकले उक्त कफसिरप सिक्किमबाट ल्याउने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *