सिलगढीमा कोभिड योद्धाहरूलाई सम्वर्द्धना

सिलगढी : वेस्ट बंगाल भोलेन्टरी हेल्थ एसोसिएशनको पहलमा सिलगढीको बाबुपाड़ा वाईएमए क्लबमा कोभिड योद्धाहरूलाई सम्वर्द्धना जनाइयो। यसबाहेक यौनकर्मीहरूलाई खाद्य सामग्री वितरण गरियो। आज एउटा कार्यक्रमको माध्यमद्वारा संगठनको तर्फबाट कोभिड योद्धाहरूलाई सम्मानित गरियो भने लगभग 200 यौनकर्मीहरूलाई चामल, दाल, तेल, सेनिटाइजर, मास्क र अन्य सामग्रीहरू वितरण गरियो। यस अवसरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *