सिलगढीमा करोडौँ रुपियाँको सुन सहित 2 जना पक्राउ

सिलगढी (निसं): डीआरआईको सिलगढी युनिटले एनजेपी रेलवे स्टेशनमा सम्पर्क क्रान्ति ट्रेनबाट करोडौँ रुपियाँको सुन सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा ङ्कित तक र कमलेश घाँची सामेल छन्। दुवै राजस्थान निवासी हुन्। डीआरआई पक्षका वकील सौभिक सेन गुप्ताले बताएअनुसार इन्डो-बङ्ग्लादेश बर्डरबाट त्रिपुरा हुँदै गुवाहाटीबाट सम्पर्क क्रान्ति ट्रेनमा सुन तस्करी भइरहेको गोप्य सूचना पाउनसाथ डीआरआईको टीमले गत राति एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर  ट्रेनमा बसेका अङ्कित तक र कमलेश घाँचीमाथि सन्देह लागेपछि छानबीन गर्दा दुवैबाट 1767.500 ग्राम सुन उद्धार गरेको बताइएको छ। उद्धार गरेको सुनको अनुमानित बजार मूल्य 1 करोड 7 लाख रुपियाँभन्दा अधिक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *