सिलगढीमा करोड़ौँ रुपियाँको सुन उद्धार, 2 जना तस्कर पक्राउ

सिलगढी : इन्डो-म्यान्मार बर्डरबाट सुन तस्करी गर्ने उद्देश्यले सिलगढी हुँदै दिल्ली गइरहेका दुईजना तस्करलाई डीआरआई-को टीमले 2 किलो सुन सहित पक्राउ गरेको छ। पक्रा परेकाहरू मिजोरम निवासी वनलालभेना (38) र मालसाम्त्लुआंगा (34) सामेल छन्। डीआरआई सूत्रले दिएको जानकारी अनुसार इन्डो-म्यान्मार बर्डर हुँदै गुवाहाटीबाट राजधानी ट्रेन मार्फत् सिलगढी हुँदै दिल्लीमा सुन तस्करी गरिने डीआरआई-ले गोप्य सुइँको पाएपछि हिजो एनजेपी रेलवे स्टेशनमा डिब्रुगढ़-दिल्ली राजधानी ट्रेनमा अभियान चलाएर कोच नम्बर (बी-11)-मा बसेका दुईजना व्यक्तिलाई सन्देहको आधारम पक्रेर छानबीन गर्दा जुत्तामुनि विशेष च्याम्बर बनाएर लुकाएर राखेको 4 वटा बिस्कुट उद्धार गरेको बताइएको छ। उक्त सुनको वैध कागजपत्र देखाउन नसकेपछि डीआरआई-ले ती दुईजना व्यक्तिलाई पक्राउ गरे। जफत गरेको 2 किलो सुनको बजार मूल्य 1 करोड़ 1 लाख 25  हजार रुपियाँ रहेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिलाई सिलगढी अदालतमा पेश गरेपछि कोर्टले 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *