सिलगढीमा करोडौँ रुपियाँको सुनको बिस्कुटसहित 3 जना पक्राउ

सिलगढी : डीआरआईले सिलगढीबाट करोड़ौँ रुपियाँको सुनको बिस्कुटसहित तीनजना तस्करलाई तेनजिङ नोर्गे बस टर्मिनसबाट पक्राउ गरेको छ। पक्रा परेका तीनैजना तस्करलाई आज सिलगढी अदालतमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। पक्रा परेकाहरू चेन्नई निवासी सेकर, थियागराजन र श्रीकान्त सांथी वीरानको रूपमा सामेल छन्। डीआरआईले तस्करबाट 4.482 किलो सुन सहित 27 वटा सुनको बिस्कुट जफत गरेको छ जसको अनुमानित बजार मूल्य 2.15 करोड़ रुपियाँ रहेको बताइएको छ। डीआरआई सूत्रले दिएको जानकारी अनुसार तस्करहरूले उक्त सुनको बिस्कुट इन्डो म्यान्मार हुँदै गुवाहाटी भएर सिलगढी ल्याइपुर्‍याएका थिए भने यहाँबाट कोलकाता लैजाने तरखरमा थिए। पुलिसले गत साँझ तेनजिङ नोर्गे बस टर्मिनसबाट तिनीहरूलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *