सिलगढीमा डकैतीको योजना विफल, 3 जना बदमाश पक्राउ

सिलगढी,11 दिसम्बर (निसं): डकैतीको योजनालाई सिलगढी थाना पुलिसले विफल पार्दै तीन जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा प्रदीप दास,विभाष दत्त र राहुल दास सामेल छन्।
पुलिस सूत्र अनुसार, गत अबेर राति सिलगढीको बाबूपाडा इलाकामा केही बदमाशहरूको उटा ग्रूप भेला भएर कुनै ठूलो आपराधिक घटनाका लागि योजना बनाइरहेका थिए। यसबारे सिलगढी थाना पुलिसले जानकारी पायो। त्यसपछि पुलिसले अभियान चलाएर घटना स्थलबाट तीन जना बदमाशलाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको थाहा पाएर केही बदमाशहरू रातको फाइदा उठाएर घटनास्थलबाट चम्पट कस्न सफल भए। पक्रा परेका तीन जना बदमाशलाई आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom