सिलगढीमा डकैत गर्न अगावै 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गत राति अभियान चलाएर 3 जना डकैतलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नुर ईस्लाम, फारूक अब्बासी र एमडी सफिकुल सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा फुलबारी बजार इलाकामा अभियान चलाएर डकैत गर्न भेला भएका 3 जनालाई डकैत गर्न अगावै पक्राउ गरेको बताइएको छ। पक्रा परेका 3 जनाविरुद्ध यसभन्दा अघिका अन्य डकैत सम्बन्धी विविध मामिलाहरू रहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *