सिलगढीमा डकैती गर्ने उद्देश्यले भेला भएका 4 जना दुष्कृति पक्राउ

सिलगढी एनजेपी थाना पुलिसले डकैती गर्ने उद्देश्य लिएर भेला भएका 4 जना दुष्कृतिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तरदिनाजपुर जिल्ला र दार्जिलिङ जिल्ला निवासी क्रमैले गुलाम मुस्तफा, माहेरूल शेख, गौतम बनिक र बादल रङदार सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा सिलगढीको इन्डोर स्टेडियम संलग्न इलाकामा अभियान चलाएर 4 जना दुष्कृतिलाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको सुइँको पाएपछि केही दुष्कृतिहरूले चम्पट कसेको बताइएको छ। पुलिसले आरोपीहरूबाट केही धारिलो हतियार उद्धार गरेको छ। चम्पट कसेका अन्य दुष्कृतिहरूको पुलिसले खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *