सिलगढीमा डकैतीको योजना विफल, तीन जना बदमाश पक्राउ

सिलगढी (निसं): मतिगढा पुलिसले डकैतीको योजनालाई विफल पार्दै तीनजना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अर्जुन दास, बुबाई दास र मोहम्मद मुस्तफा सामेल छन्। मुस्तफा बालासन र अन्य दुई आशीघर निवासी हुन्। प्राप्त जानकारी अनुसार मंगलबार राति पुलिसले गोप्य सूचना पाएपछि मतिगढाको परिवहन नगरको आईटी पार्कसँग संलग्न एउटा खाली मैदानबाट तीनजना बदमाशलाई पक्राउ गरेको बताइको छ। पक्रा पर्नेहरूबाट पुलिसले केही धारिलो हतियार पनि उद्धार गरेको छ।
पुलिस सूत्र अनुसार, आईटी पार्कसँग संलग्न एउटा खाली मैदानमा 10-12 जना बदमाशहरू मिलेर लूटको योजना बनाएका थिए। पुलिस आउँदा केही बदमाश भागे, तर तीन जना बदमाशलाई पक्राउ गरेको छ। तिनीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


error code: 521 Built with ❤︎ by appycodes