सिलगढीमा डकैतीको योजना बनाइरहेका 3 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले डकैतीको योजना बनाइरहेका 3 जना आरोपीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा क्रमैले इनामुल हक (31), रोहित राय (24) र एमडी शाहरुख (20) सामेल छन्। तीमध्ये इनामुल हक चोपड़ाको दासपाड़ा, रोहित राय सिलगढी नगरनिगमको 42 नम्बर वार्डको नेताजी नगर र एमडी शाहरुख 40 नम्बर वार्डको अशरफ नगर इलाका निवासी हुन्। यी सबै आरोपीहरूलाई भक्ति नगर थाना पुलिसले गत अबेर राति गाँधी मैदान इलाकाबाट पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *