सिलगढीमा दम्पतिविरुद्ध लाखौँ रुपियाँ ठगेको आरोप, थानामा अभियोग दर्ता

सिलगढी (निसं): मतिगढा थाना अन्तर्गत बेलडाङ्गी इलाका निवासी एउटा दम्पतिविरुद्ध लाखौँ रुपियाँ ठगेर सुइँकुच्चा ठोकेको आरोप उठेको छ। आरोपी दम्पतिको नाम विवेकानन्द सिंह र सुभोति देवी बताइएको छ। लाखौँ रुपियाँ ठगेको विषयमा पीडित मानिसहरूले मतिगढा थानामा उक्त दम्पतिविरुद्ध  लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधरामा पुलिसले उक्त दम्पतिको खोजी शुरू गरेको छ। प्राप्त जानकारी अनुसार मतिगढा बेलडाङ्गी इलाका निवासी विवेकानन्द सिंह र सुभोति देवी नाम गरेका दम्पतिले पहिला इलाकाका मानिसहरूको विश्वास जितेपछि इलाकाका महिलाहरूलाई सेल्फहेल्प ग्रुपमा काम दिलाउने नाममा लाखौँ रुपियाँ ठगेर सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त दम्पतिका घरमा ताला लगाएको छ। गत 23 जनवरीदेखि उक्त दम्पतिले सुइँकुच्चा ठोकेको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *