सिलगढीमा देह व्यापारविरुद्ध कमिश्नरलाई ज्ञापन

सिलगढी : सिलगढी नगरनिगमको 5 नम्बर वार्डका मानिसहरूले आज इलाकामा चलिरहेको देह व्यापारविरुद्ध कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र सुम्पिए। स्मरण रहोस्, गत 2 दिनअघि नगरनिगमको 5 नम्बर वार्डको एउटा घरमा देह व्यापार चलिरहेकोबारे स्थानीय मानिसहरूले थाहा पाएपछि यसबारे पुलिसलाई अवगत गराएका थिए। यसपछि खालपाड़ा आउटपोस्ट पुलिसले यस मामिलामा लोग्ने-स्वास्नीलाई पक्राउ गरेको थियो। सिलगढी सहरको विभिन्न ठाउँहरूमा चलिरहेको देह व्यापारविरुद्ध पुलिसले कठोर कार्वाही गर्नुपर्ने माग गर्दै 5 नम्बर वार्डका मानिसहरूले आज कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र सुम्पिए। यदि पुलिसले यसबारे कुनै पहल नगरे आगामी दिनमा आफूहरूले नै यसको विरुद्ध कदम उठाउने चेताउनी दिएका छन्। अर्कोतिर, कमिश्नरले देह व्यापारविरुद्ध कठोर कार्वाही गरिने प्रतिनिधि टोलीका सदस्यहरूलाई आश्वासन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *