सिलगढीमा देह व्यापार चलाएको आरोपमा 5 पक्राउ, 3 महिला उद्धार

सिलगढी : भक्तिनगर थाना पुलिसले देहव्यापार चलाएको आरोपमा 5 जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा भक्तिनगर थाना पुलिसले सिलगढीको शास्त्री नगरस्थित एउटा फ्ल्याटमा अभियान चलाएर यी 5 जनालाई पक्राउ गरेको बताइएको छ। शास्त्री नगर इलाकाको एउटा फ्ल्याटमा धेरै दिनदेखि देह व्यापार चलाइरहेको गत राति भक्तिनगर थाना पुलिसले खबर पाएपछि पुलिसले अभियान चलाएर फ्ल्याट मालिक सौरभ दे, रिङ्की दे लगायत 26 वर्षीय नन्दलाल अग्रवाल, 52 वर्षीय अरविन्द कुमार शर्मा, 44 वर्षीय साजन सिंहलाई पक्राउ गरे। यसको साथै पुलिसले घटनास्थलबाट तीनजना महिलालाई पनि उद्धार गरेको छ। आज आरोपी सबैलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.