सिलगढीमा डेंगू अनियन्त्रित, 35 नम्बर वार्ड पार्षद सम्पा नन्दीले गरे बैठक

सिलगढी (निसं): सिलगढीमा डेंगू संक्रमितहरूको बढ्दो संख्या अनि कतिपयले प्राण समेत गुमाएको घटना पछि मानिसहरू आतंकित बन्न पुगेका छन्। डेंगू नियन्त्रण गर्न नगर निगम असफल रहेको अभियोग उठिरहेको छ। यसैले डेंगू रोकथाम गर्नको लागि सिलगढी नगर निगमले वार्ड कमिटी गठन गरेको छ। यस्तो स्थितिमा सिलगढीको 35 नम्बर वार्डका पार्षद सम्पा नन्दीले आज एउटा बैठक गरे। आज पार्षदले वार्डका सफाई कर्मीहरू, स्वास्थ्य कर्मीहरू, वार्ड कमिटीका सदस्यहरू तथा बोरो अफिसका अधिकारीहरूसित बैठक गरे। उक्त बैठकमा डेंगूलाई नियन्त्रण गर्नका लागि घर-घरमा गएर सर्वे, मैला तथा नालीहरूको सर-सफाई गरिने बारेमा पनि चर्चा गरियो। यस सम्बन्धमा पार्षद सम्पा नन्दीले भने, अन्य वार्डहरूको तुलनामा यस वार्डमा डेंगूको मामिला धेरै कम छ। आउँदो दिनमा घर-घरमा गएर डेंगूबारे सर्वे गरिनेछ। यसको साथै कर्मीहरूको विभिन्न समस्या बारेमा पनि आजको बैठकमा चर्चा गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *