सिलगढीमा डेङ्गुको बढ्दो प्रकोप: बोरो अफिस अघि मच्छरदानी लगाएर सीपीआईएम-द्वारा विरोध प्रदर्शन

सिलगढी : सिलगढीमा डेङ्गुको प्रकोप लगातार बढ्दै गइरहेकोले नगरनिगमको अव्यवस्थाविरुद्ध सीपीआईएम 2 नम्बर एरिया कमिटीले अनौठो रूपमा 2 नम्बर बोरो अफिस अभियान चलाए। सीपीआईएम कार्यकर्ता तथा समर्थकहरूले आज बोरो अफिस अघि मच्छरदानी लगाएर विरोध जनाए। सीपीआईएम  2 नम्बर एरिया कमिटीले डेङ्गु विषयमा सिलगढी नगरनिगमविरुद्ध विविध आरोप लगाए।  सिलगढी सहरमा जल निकासी व्यवस्था, साफ-सफाई, फगिङ, ब्लिचिङ छर्किने कामहरू नभएको तिनीहरूले आरोप लगाए। सिलगढी नगरनिगम दुर्गा पुजा कार्निभल, र्‍याली र मीटिङ आदिमा व्यस्त रहेको छ। यसैले आज बोरो अफिस अभियान चलाएको हो। यस सम्बन्धमा सीपीआईएम 2 नम्बर एरिया कमिटीका सचिव सौरभ सरकारले भने, आफूहरूले दुर्गा पुजाअघि सबै बोरो अफिसहरूमा अभियान चलाइरहेका छौँ। सहरका मानिसहरूले सबै आवश्यक सेवाहरू पाओस् भन्ने उद्देश्य लिएर उक्त अभियान चलाइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *