सिलगढीमा डेङ्गुको प्रकोप: 27 नम्बर वार्ड कमिटीद्वारा सचेतनतामूलक प्रचार

सिलगढी : डेङ्गुबारे साधरण मानिसहरूलाई सचेतन गराउने 27 नम्बर वार्ड कमिटीले पहल गरेको छ। हाल सिलगढी सहरमा डेङ्गुको प्रकोप बढ्दै गइरहेको छ भने डेङ्गुले संक्रमित भएर एकजना व्यक्तिको मृत्यु समेत भइसकेको छ। सिलगढी नगरनिगमले डेङ्गुको रोकथामको लागि अतिरिक्त सेवाहरू शुरू गरेको छ। डेङ्गुबारे साधरण मानिसहरूलाई जागरूक गराउनको लागि नगरनिगमका जनप्रतिनिधिहरूलाई सडकमा ओर्लिने मेयर गौतम देवले अपील गरेका छन्।


यसै क्रममा आज 27 नम्बर वार्ड काउन्सिलर प्रशान्त चक्रवर्तीको पहलमा डेङ्गुबारे सचेतनता फैलाउँदै इलाकामा फगिङ-स्प्रे गर्नको साथै साधरण मानिसहरूलाई लिफलेट पनि वितरण गरियो। यस अवसरमा वार्ड काउन्सिलर प्रशान्त चक्रवर्तीले भने, धेरै दिन अघिदेखि 27 नम्बर वार्डमा डेङ्गुबारे सचेतनतामूलक प्रचार गरिरहेको छ। आगामी दिनमा पनि लगातार यस प्रकारको अभियान चलाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *