सिलगढीमा डेङ्गुले 3 वर्ष 10 महिनाको बालकको मृत्यु

सिलगढी : सिलगढीमा डेङ्गुले 3 वर्ष 10 महिना पुगेको एकजना बालकको मृत्यु भएको छ। मृतक बालक सिलगढीको 42 नम्बर वार्डको लिम्बू बस्ती निवासी हुन् भने तिनको गत राति सिलगढी जिल्ला अस्पतालमा मृत्यु भएको हो। गत केही दिनदेखि उक्त बालकलाई ज्वरो आएपछि सिलगढीको एउटा गैर सरकारी ल्याबमा तिनको रगत जाँच गराएपछि डेङ्गु संक्रमित भएको पुष्टि भएको थियो। यसपछि सोमबार तिनको शारीरिक अवस्था अझ बिग्रिएपछि सिलगढीको जिल्ला अस्पतालमा भर्ना गरेर उपचार चलिरहेको थियो भने आज एका बिहानै उक्त बालकको मृत्यु भएको बताइएको छ। स्मरण रहोस्, यसभन्दा अघि पनि डेङ्गले सिलगढीमा 2 जनाको मृत्यु भइसकेको छ। सिलगढी जिल्ला अस्पतालका सुपर डा. चन्दन घोषले बताएअनुसार उक्त बालकको अवस्था सोचनीय रहेको अवस्थामा तिनलाई अस्पतालमा ल्याइपुर्‍याइएको थियो। चिकित्सकहरूले बालकको स्वास्थ्यमा सुधार ल्याउने यथेष्ट प्रयास गरे तापनि आज एका बिहानै तिनको मृत्यु भएको हो। डेङ्गुले संक्रमित भएर हाल 18 जना रोगी सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थप तिनले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *