सिलगढीमा डेंगू रोकथामको लागि सर-सफाई तथा स्प्रे

सिलगढी: सिलगढी नगर निगमको 36 नम्बर वार्ड अन्तर्गत विनय मोड़का एकजना नानी डेंगूले संक्रमित भएको समाचार प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार तिनी गत एक हप्तादेखि उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालमा चिकित्साधिन छन्। उक्त घटनापछि आज बिहान बिनय मोड़ इलाकामा सफाई अभियान चलाइयो। यस अवधि नालीहरूको पनि सफाई गरियो।


यसैगरी, नगर निगमको तर्फबाट मच्छरहरूको रोकथाम गर्नको लागि मानिसहरूको घरको साथै सम्पूर्ण वार्डभरिमैं आज स्प्रे गरियो। यसबारे वार्ड पार्षद रञ्जन शील शर्माले भने, डेंगूबाट बाँच्नको लागि नगर निगमको तर्फबाट वार्डमा उचित उपाय गरिँदैछ। मानिसहरूको घर-घरमा सर्वे टीम पठाइँदैछ भने इलाकामा पानी जमिने ठाउँहरूमा पनि विशेष ध्यान दिइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *