सिलगढीमा देशी पिस्तोल सहित युवक पक्राउ

सिलगढी (निसं): दुर्गा पुजालाई ध्यानमा राखेर सिलगढी मेट्रोपलिटनले सुरक्षा व्यवस्थालाई अझ दह्रो पार्नको साथै सहरको प्रत्येक गतिविधि माथि गिद्धे नजर राखिरहेको छ। यसै क्रममा भक्ति नगर थाना पुलिसले गत राति पेट्रोलिङ गरिरहेको अवधि एकजना युवकलाई देखेर सन्देह लागेपछि छानबिन गर्दा एउटा देशी पिस्तोल सहित कार्तूस उद्धार गरेपछि तिनलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक सिलगढी प्रकाश नगर निवासी पिंकू राय (23) को रूपमा चिन्हित गरिएको छ। पुलिसले तिनी विरूद्ध अवैध रूपमा हतियार राखेको आरोपमा मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *