सिलगढीमा देशी पिस्तोलसहित युवक पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले देशी पिस्तोल सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक एनजेपी संलग्न डीएस कोलनी निवासी कृष्ण दे-को रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गत राति यहाँको ट्रक स्ट्यान्ड इलाकामा अभियान चलाएर एउटा देशी पिस्तोल एक राउण्ड जिउँदो कार्तुससहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। उक्त युवकले कुनै अपराधमूलक कार्य गर्ने योजना रहेको पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *