सिलगढीमा देशी पिस्तोल सहित 6 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले देशी पिस्तोल सहित 6 जना दुष्कृतिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा क्रमैले मानिक सरकार, सौरभ सरकार, आनन्द सरकार, प्रसनजीत दास, अर्जुन प्रसाद र सुरज दर्जी सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति सिलगढीको नौकाघाट संलग्न महानन्दा ब्रिजमा केही युवकहरू भेला भएको एनजेपी थाना पुलिसले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर 6 जना दुष्कृतिलाई पक्राउ गरेको बताइएको छ।


तिनीहरूबाट पुलिसले एउटा देशी पिस्तोल, एक राउण्ड जिउँदो कार्तुस लगायत केही धारिलो हतियार उद्धार गरेको छ। पक्रा परेका दुष्कृतिहरूसित पुलिसले सोधखोज गरेपछि नौकाघाट इलाकामा डकैती गर्ने उद्देश्य रहेको थाहा पाए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *