सिलगढीमा धारिलो हतियारसहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धारिलो हतियार सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू क्रमैले स्वपन सरकार, सुजीत मण्डल र गपा सरकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार लगभग 10-12 जना दुष्कृतिहरू धारिलो हतियार बोकेर ठाकुरनगरको एउटा मन्दिर पछिल्तिर भेला भएका थिए। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर तीमध्ये 3 जनालाई पक्राउ गरे तापनि अन्य दुष्कृतिहरू भाग्न सफल भए। पक्रा परेका आरोपीहरूविरुद्ध थानामा अगावै अन्य विविध मामिला दर्ता रहेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका 3 जना दुष्कृतिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *