सिलगढीमा धेरै मात्रा अवैध रम-रक्सीसहित 2 जना पक्राउ

सिलगढी : गोप्य सूत्रको आधारमा प्रधाननगर थाना पुलिसले अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार प्रधाननगर थाना पुलिसले आज अपरान्ह सिलगढीको सर्किट हाउसनजिक एउटा ट्रकलाई रोकेर एक हजारभन्दा अधिक अवैध रम-रक्सीको कार्टुन उद्धार गरेको छ।


पुलिस सूत्रले दिएको जानकारीअनुसार राजस्थानको नम्बर भएको एउटा ट्रकमा अरूणाचल प्रदेशबाट अवैध रम-रक्सी लिएर बिहारतर्फ लगिरहेको समय गोप्य सूचनाको आधारमा अभियान चलाएर सिलगढीको सर्किट हाउसनजिक एउटा ट्रकलाई रोकेर छानबीन गर्दै धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले उक्त ट्रकको चालक र खलासीलाई पनि पक्राउ गरेको छ भने उक्त ट्रकलाई जफत गरेर थानामा लगे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *