सिलगढीमा धेरै मात्रामा कफ सिरप र नशालु ट्याबलेटसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा आसिघर आउटपोस्ट पुलिसले सिलगढी नगरनिगमको 38 नम्बर वार्डस्थित न्यु पालपाडा इलाकामा अभियान चलाएर धेरै मात्रामा कफ सिरप, नशालु ट्याबलेटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार धेरै दिन अघिदेखि सञ्जीब घोष नाम गरेको व्यक्तिले  एउटा गोदाम भाडामा लिएर अवैध कफ सिरप र नशालु ट्याबलेटको व्यवसाय चलाउँदै आइरहेको थियो। आसिघर आउटपोस्ट पुलिसले यसबारे खबर पाएपछि अभियान चलाएर उक्त गोदामबाट धेरै मात्रामा कफ सिरप र नशालु ट्याबलेट उद्धार गरेको बताइएको छ। यसको साथै गोदामका मालिक सुभाष पोद्दारलाई पक्राउ गरेको छ भने सञ्जीब घोषले घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *