सिलगढीमा धेरै मात्रा गाँजासहित 2 पक्राउ

सिलगढी : सिलगढीमा धेरै मात्रामा गाँजासहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू राजस्थान निवासी क्रमैले रमेश कुमार र ओम प्रकाशको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा गत राति फुलबारी इलाकामा अभियान चलाए। उक्त अभियान अवधि पुलिसले एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 837 किलो गाँजा उद्धार गर्नको साथै ट्रक चालक र खलासीलाई पनि पक्राउ गरे। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 1 करोड़ रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त गाँजा असमदेखि राजस्थान लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *