सिलगढीमा धेरै मात्रामा ब्राउन सुगर सहित युवक पक्राउ

सिलगढी : एसओजी र मतिगढा पुलिसले संयुक्त अभियान चलाएर धेरै मात्रामा मादक पदार्थ सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक नदिया निवासी जयन्तो दासको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नदियाबाट एकजना युवकले 408 ग्राम ब्राउन सुगर लिएर डिलेभरी गर्नको लागि सिलगढी आइपुगेपछि परिवहन नगरमा मादक पदार्थ लिएर घुमफिर गरिरहेको गोप्य सुइँको पाएपछि एसओजी टोलीले मतिगढा पुलिसको साथमा संयुक्त अभियान चलाएर उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *