सिलगढीमा धेरै मात्रामा रम-रक्सी सहित 2 जना पक्राउ

सिलगढी : बिहारमा रम-रक्सी तस्करी गर्न अगावै धेरै मात्रामा अवैध रम-रक्सी सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।  पक्रा परेकाहरू बिहार निवासी क्रमैले मन्टुन कुमार (26) र टुनटुन पासवान (30) सामेल छन्। प्राप्त जानकारी अनुसार पक्रा परेका दुईजना युवकले धेरै मात्रामा रम-रक्सी लिएर सिलगढीबाट बिहार लैजाने तर्खरमा थिए। तर यसभन्दा अगावै गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले हिजो जङ्क्शन इलाकामा अभियान चलाएर अवैध रम-रक्सी सहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *