सिलगढीमा दिव्याङ्गहरूद्वारा पथ अवरोध

सिलगढी : विकलाङ्ग अधिकार अधिनियम 2016 लागू गर्ने मागमा पश्चिमबंग राज्य प्रतिबन्धी सम्मेलनी संगठनको तर्फबाट राज्यको सबै जिल्लाहरूमा विरोध प्रदर्शन गरिरहेको छ। यसै क्रममा यता सिलगढीमा पनि आज दार्जिलिङ जिल्लाको प्रतिबन्धी सम्मेलनीका कार्यकर्ताहरूले यहाँको एसडीओ कार्यालय घेराउ गर्नको साथै कार्यकर्ताहरूले हिलकार्ट रोडमा पथ अवरोध पनि गरे। परिस्थिति उग्र बनेपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै घटनास्थलबाट धेरैजना मानिसलाई हिरासतमा लिएको बताइएको छ। प्रतिबन्धी सम्मेलनी दार्जिलिङ जिल्लाका संयुक्त सचिवले बताएअनुसार विकलाङ्ग अधिकार अधिनियम 2016-मा पारित गरे तापनि हालसम्म लागू गरिएको छैन। यसैले उक्त कानुन लागू गरिनुपर्ने मागमा आज धरना प्रदर्शन गरिएको हो। यदि माग पुरा नभए आगामी दिनमा राज्यभरिमै वृहत् आन्दोलन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *