सिलगढीमा दिव्याङ्गहरूलाई न्यानो लुगाफाटा, फल तथा बैसाखी वितरण

सिलगढी : विश्व दिव्याङ्ग दिवसभन्दा अगावै आज उत्तरबंग थेलेसिमिया औ विकलाङ्ग सेवा संस्थाको तर्फबाट गरिब एवम् आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगाफाटा, फल तथा बैसाखी वितरण गरियो। सिलगढीको कञ्जनजङ्घा स्टेडियम नजिक स्वामी विवेकानन्दको प्रतिकृतिमा पुष्प अर्पण गरेर कार्यक्रमको शुरूआत गरियो। यसको साथै दिव्याङ्गहरूलाई लिएर पदयात्राको पनि आयोजना गरियो। यस अवसरमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीप सेनगुप्ता, डा. शीर्षेन्दु पाल लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। यस अवसरमा उत्तरबंग थेलेसिमिया औ विकलाङ्ग सेवा संस्थाका सदस्य डा. शीर्षेन्दू पालले भने, भोलि 3 दिसम्बर विश्व दिव्याङ्ग दिवसलाई ध्यानमा राखेर संस्थाको तर्फबाट आज दिव्याङ्गहरूको मनोबल बढाउँदै तिनीहरूलाई न्यानो लुगाफाटा, फल तथा बैसाखी वितरण गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *