सिलगढीमा दिउँसै ब्याङ्कबाट रुपियाँ निकालेर फर्किरहेका व्यक्तिको 80 हजार रुपियाँ छिनताई

सिलगढी : सिलगढीको एनजेपी इलाकामा आज बिहान एकजना व्यक्ति रुपियाँ निकालेर ब्याङ्कबाट बाहिर निस्कन साथ छिनताई बाजहरूले तिनलाई पछिल्तिरबाट धक्का दिएर रुपियाँ थुतेर लगेको घटना प्रकाशमा आएको छ। दक्षिण शान्तिनगरको विनय मोड़ निवासी रोहित शाहले बताएअनुसार आज बिहान रुपियाँ निकाल्नको लागि तिनी ब्याङ्क गएका थिए भने रुपियाँ निकाल्नको लागि लाइनमा उभिएको समय तिनको पछिल्तिर दुईजना संदिग्ध व्यक्ति पनि लाइन उभिएका थिए। यसपछि तिनले 80 हजार रुपियाँ निकालेर ब्याङ्कबाट बाहिर निस्कन साथ उक्त दुईजना व्यक्तिले तिनलाई पछिल्तिरबाट धक्का दिएपछि तिनको हातबाट रुपियाँ थुतेर लगेको बताइएको छ। घटनापछि तिनले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले ब्याङ्कको सीसीटीभी फुटेजको छानबीन गरेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *