सिलगढीमा दिउँसै दोकानको क्यास बक्स भत्काएर लाखौँ रुपियाँ चोरी

सिलगढी : दिउँसै एउटा ब्याट्री दोकानको क्यास बक्स भत्काएर लगभग 2 लाख रुपियाँ चोरी गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले सिलगढीको पानीट्याङ्की मोड इलाकामा सनसनी मच्चियो। दोकानका मालिक ध्रुव गुप्ताले बताएअनुसार प्रतिदिन झै आज तिनी दोकानको सटर खुल्लै राखेर छेउकै होटलमा खाना खान गएका थिए भने केही समयपछि तिनी दोकानमा आएर हेर्दा क्यास बक्स खुल्लै रहेको साथै त्यहाँ भएको लगभग 2 लाख रुपियाँ चोरी भएको थियो। दिउँसै यस प्रकारको घटना घटेकोले स्थानीय व्यवसायीहरू आतङ्कित बनेका छन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *